कक्षा ९ र १० मा ऐच्छिक गणित हटाइएको छैन : पा.वि.के.

फागुन ६, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक गणित विषय नहटाएको बताएको छ।
सामाजिक सञ्जालमा शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै चर्चा भएपछि केनद्रले नहटाएको बताएको हो ।
केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको बताएको छ ।
केन्द्रले हालै एक सूचना जारी गर्दै परिवर्ति पाठ्यक्रमका विषयको सूची उल्लेख गरेकोमा त्यसमा ऐच्छिक गण्ति नदेखिएको हुँदा सामाजिक सञ्जालमा ऐच्छिक गणित हटाएको भन्दै चर्चा भएको थियो । तर त्यो हटाएको नभई नयाँ परिवर्तन गरिएको पाठ्यक्रम मात्रै समावेश गरिएको थियो ।
केन्द्रले शैक्षिक शत्र २०७५ देखिनै सो पाठ्यक्रम लागू भएकोले नयाँ सूचीमा समावेश गरेको थिएन ।
गत पुस ९ गते निकालेको सूचनामा कक्षा ९ मा ११ ऐच्छिक विषय र कक्षा १० मा ९ वटा ऐच्छिक विषय समावेश गरेको थियो।
यस्तो छ नयाँ परिवर्तित पाठ्यक्रम सूची :








