पाँचौं अर्किड कप : प्रीतिमा क्वाटरफाइनलमा

माघ २९, काठमाडौं । प्रीतिमा पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रीतिमाले विनायकलाई टाइब्रेकरमा ४–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । विनायकका रोहन बमजन ‘म्यान अफ द म्याच’ घोषित भए ।
काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । केभीएसले आयोजक अर्किडलाई ६–१ गोलले हरायो । केभीएसका नवीन रोकाया, प्रतीक पोखरेल र अविरल थापाले समान २ गोल गरे । अर्किडका ललित पुन मगरले सान्त्वना गोल फर्काए । अर्किडका सुमन खड्का ‘म्यान अफ द म्याच’ चुनिए । भीमेश्वरले हाइल्यान्डमाथि ४–० को सहज जित दर्ता ग¥यो । भीमेश्वरका प्रवीन बस्नेतले ३ तथा मन्जिल पाण्डेले १ गोल गरे । हाइल्यान्डका सन्जोक राई ‘म्यान अफ द म्याच’ बने ।

अन्य खेलमा लाइसियम प्याराडाइस र नेक्सस विजयी भए । लाइसियमले मानाङक प्याराडाइसलाई २–१ गोलले पाखा लगायो । लाइसियमका लागि दुवै गोल स्वरुप खत्रीले गरे । मानाङकका ‘म्यान अफ द म्याच’ रोमन लामाले १ गोल गरे । नेक्ससले ब्रम्हकुञ्जलाई १–० गोलले हराउदा मनीष बारियाले निर्णायक गोल गरे । ब्रम्हकुञ्जका रोहन सापकोटा ‘म्यान अफ द म्याच’ ठहरिए ।
पाँचौं हिसान उपत्यकाव्यापी खेलकुदसा : साइपाल सेमिफाइनलमा
साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सात टिम सहभागी नकआउट प्रतिस्पर्धामा साइपालले गोल्डेनगेटलाई ४९–२१ ले पराजित ग¥यो । साइपालको जितमा प्रबिना गुरुङले १७ अंक योगदान गरिन् ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भइरहेको खेलकुद सप्ताहको बास्केटबलकै ब्वाइजमा काष्ठमण्डप, आइन्सटाइन, जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेटले जित हात पारे ।
इशान खड्काको १८ अंक सहयोगमा काष्ठमण्डपले ह्वाइटफिल्डलाई ३१–१५ ले हरायो । आइन्सटाइनले प्रिमियरलाई ३९–१६ ले पाखा लगायो । आइन्सटाइनका निर्मल मगरले १२ स्कोर गरे । जेभियरले ग्लेसियरलाई ४९–२३ ले पाखा लगायो । जेभियरका सोनाम शेर्पाले ११ अंक जोडे । हेराल्ड विरुद्धको खेलमा गोल्डेनगेट ३२–२२ ले विजयी भयो । गोल्डेनगेटका सन्जोक राउतले १० स्कोर गरे । ब्वाइजमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
भलिबल
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित खेलकुद सप्ताहअन्तर्गत ब्वाइज भलिबलमा दोहोरो जित निकाल्दै प्रिसियस क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
प्रिसियसले रिभेरालाई २५–२३ र २५–१७ तथा ह्वाइटफिल्डलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । अन्य खेलमा जया मल्टिपल कलेजले नवोदितलाई २५–२१, १७–२५ र २५–१३ तथा टाइम्सले हार्टल्यान्डलाई २५–१९ र २५–२० को सेटमा हराए । नकआउट आधारमा भइरहेको भलिबलको ब्वाइजमा १८ टिमले भाग लिएका छन् । गल्र्समा ५ टिम सहभागी छन् । भलिबल पनि ऋत एकेडेमीमै भइरहेको छ ।
प्रतियोगिताको केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । खेलकुद सप्ताहमा टेबलटेनिस, फुटसल र टग अफ वार पनि समावेश रहेको आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् ।
ओमेगा र सीसीआरसी फाइनलमा
ओमेगा इन्टरनेसनल कलेज र सीसीआरसी क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ओमेगाले रिलायन्सलाई ४६–३२ ले पराजित ग¥यो । ओमेगाका हेमलालले १६ अंक जोडे । सीसीआरसीले युनिकलाई ५८–२९ ले हरायो । सीसीआरसीका सिजल सुवेदीले २२ स्कोर गरे ।
पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा साइपाल एकेडेमी शत प्रतिशत जित निकाल्दै फाइनलमा पुग्यो । अन्तिम खेलमा जित हार्दै समूह विजेता बनेको साइपालले रिलायन्सलाई ३८–२३ ले पन्छायो । साइपालकी दृष्टि श्रेष्ठले १३ अंक जोडिन् । रिलायन्स पनि उपविजेता हुँदै फाइनलमा पुग्न सफल भयो । फाइनल शुक्रबार हुने छ ।
ब्वाइजको विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । गल्र्समा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ब्वाइजमा ८ तथा गल्र्समा ५ टिम सहभागी छन् ।








