तमिलनाडुमा बस दुर्घटना हुँदा ७ नेपाली तीर्थयात्रीको मृत्यु

फागुन ९, काठमाडौं ।  भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ७ नेपाली तीर्थयात्रुको मृत्यु भएको छ । तामिलनाडुस्थित सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ७ जना नेपाली तीर्थयात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   

दुर्घटनामा परी २१ जना घाइते भएका छन्,  उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते तीर्थयात्री बोकेर बस भारत प्रस्थान गरेको थियो । 

मध्यरातमा बसले यु टर्न लिन खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । दुर्घटनामा मृत्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी र रशिलाल चौधरी छन् । दुर्घटना बिहीबार बिहान भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *