विश्वको उन्नत भाषा नेपाली : राष्ट्रपति भण्डारी

फागुन १४, अत्तरिया ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएकी छन् ।   

सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गदैं उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुलनीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताइन् । 

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम भएको बताइन् । उनले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताइन् ।   

null

साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उनले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेकोसमेत स्पष्ट पारिन् ।   

साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औँल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । 

महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योग्दान पुर्‍याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न सफलता हासिल गर्ने आफूले विश्वास लिएको  उल्लेख गरिन् ।   

उनले शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्‍याउने भएकाले यस ९सुदूरपश्चिम० क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने महसुस गरिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =