अनुहारको सौन्दर्य बढाउन घरमै यसरी फेस प्याक तयार गर्नुहोस्

फागुन ७ ।  हाम्रो घरमै रहेका केही सामाग्रीहरुको प्रयोगले अनुहारमा चमक मात्रै नभइ छालाको स्यार गर्न सकिन्छ सकिन्छ । जुन सामान हामीले हाम्रो घरको भान्छाघरमा सजिलै पाउन सक्छाैँ ।  घरमा कसरी घरेलु फेस प्याक तयार गर्न सकिन्छ त्यसबारे केही कुरा तल बताईएको छ ।   

दही र बेसारको फेस प्याक 

एक चम्चा बेसार र एक चम्चा दही मिसायर अनुहारमा लगाउनुहोस । १५ मिनेट पछि अनुहार धुनुहोस् यसले छालामा निखार ल्याउँछ । 

Image result for फेस प्याक

आलु र दहीको फेस प्याक 

एउटा आलुलाई मिक्सरमा हालेर धुलो बनाउनुहोस् र त्यसको धुलो एक चम्चा र एक चम्चा दही मिसाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । जसले तपाइँलाई अझै सुन्दर बनाउन मद्दत गर्दछ । 

बेसार र महको फेस प्याक 

मह र बेसारमा थोरै गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो घाटी र अनुहारमा लगाउनुहोस । यसले छालाको स्यारका साथै तपाइँको अनुहारमा चमक ल्याउन मद्दत गर्दछ । 

महको फेस प्याक 

एक चम्चा महमा २ चम्चा पानी मिसाउनुहोस् । त्यसलाई राम्रोसँग घोलेर अनुहारमा लगाउनुहोस र केही समयमा धुनुहोस् । यसले तपाइको छालामा निखार आउने छ । 

बेसार र चन्दनको फेस प्याक 

थोरै बेसार र चन्दन मिसाउनुहोस् । यसले अनुहारमा २ देखि ३ मिनेटसम्म मसाज गर्नुहोस । १० मिनेट पछि अनुहार धुनुहोस् । यसो गर्दा अनुहारको चमक बढ्ने छ । 

गाँजर फेस प्याक 

२ वटा गाजरलाई घुलो बनाएर त्यसमा आधा चम्चा मह मिसाउनुहोस् । त्यसलाई आनुहारमा १५ मिनेटसम्म राखेपछि पानीले धुनुहोस् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *