यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १६ निर्णय (सूचीसहित)

फागुन १, काठमाडौं । सरकारले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परि घाइते भएका ४ जनाको उपचार खर्च उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले अछामको मल्लेख गाउँपालिका वडा नम्बर ५ का गम्भीर साँउद, मोहन साँउद, रामबहादुर साँउद र नरबहादुर साउँदको उपचार तथा बिरामी कुरुवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी जानकारी गराएका हुन् ।
यस्तै मन्त्रिपरिषदको बैठकले नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानीजहाज (क्रुज) का लागि स्टेसन (पोर्ट) निर्माण गर्न राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
त्यसैगरी बैठकले नेपाल नागरिक उड्डयन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ। यस्तै कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १६ निर्णयहरुः








