गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुँदै

माघ २४, काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो ताल (तेस्रो) मा आगामी फ्रेबुअरी १४ का दिन मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने भएको छ ।  

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  

गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४७९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हो ।  

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकषक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो ।  

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको उक्त तालमा पानी जमेर अहिले हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका लागि उपयुक्त भएको निश्कर्ष निकालिएको हो ।  

गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरु रहेका छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रुपमा घोषणा गरिएको थियो ।  

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान) को समेत सहयोग रहेको छ । नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एण्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *