नेकका १८९ इन्जिनियरको बिदाई, पेशाप्रति इमान्दार बन्न प्राचार्यको निर्देशन

फागुन १७, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत १८९ जना विद्यार्थी इन्जिनियरलाई  बिदाई गरिएको छ । कलेजले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो ।   

कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल १८९ जना विद्यार्थीको बिदाइ गरिएको हो । कलेजको सिभिल इन्जिनियरिंङ र आर्किटेक्ट इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा बिदाई कार्यक्रम भएको हो । 

कार्यक्रममा विद्यार्थीलाई कलेजका प्रा.डा. हरिकृष्ण श्रेष्ठ, सहायक प्रिन्सिपल दीपक धामी, एकेडेमिक ओअर्डिनेटर मोहनध्वज केसी, सिभिल विभाग प्रमुख दीव्यश्री लोहणी, आर्किटेक्चर विभाग प्रमुख नसला सायमीलगायतले टीका, अविर, खादालगाइदिएर बिदाइ गरेका थिए ।   

कार्यक्रममा प्रा.डा. श्रेष्ठले इन्जिनियर घुस खाएर प्रक्राउ परेको समाचार आईरहेको तर्फ सचेत गराउदै पेशाप्रति इमान्दार हुन विद्यार्थीलाई निर्देशन दिए । मेहनत र परिश्रमको सम्मान पनि अवस्य हुने भन्दै उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् ।   

मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए । निरन्तरको मेहनत र परिश्रमपछि प्राजेक्टहरु आफनो पछि लाग्ने अनुभव सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टकोपछि लाग्नुपर्ने अवस्था आउने सुनाए ।   

कार्यक्रममा सिभिलतर्फको प्रोग्राम टपर मिलन अधिकारी, आर्किटेक्टतर्फको प्रोग्राम थपर आरजु झा, गोल्ड अवार्ड मिलन अधिकारीलाई पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा तीन जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।   

कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =