शहीद स्मारक ए डिभिजन लिग : जाउलाखेलको जीत

माघ २०, काठमाडौं । जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ ।   

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।   

जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२ औं मिनेटमा गरेको एक गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो । यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *