बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ
२०७६ फागुन ५ गते

फागुन ५, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास मुद्दामा सफाइ पाएका छन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार उनको मुद्दामा सुनुवाई गर्दै सफाई दिएको हो । अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतका न्यायधीश अमरराज पौडेलको इजलासले उनलाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो।
महरामाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको थियो ।
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








