मनाङ मर्स्याङ्दी फाइनल प्रवेश

फागुन १४, धरान । भारतको युनाइटेड कर्साङलाई हराउदै एनओसी मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

बुधबार धरान १६ स्थित धरान रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोलअन्तरले हराएर फाईनल यात्रा तय गरेको हो । 

मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरेका थिए ।   

विमलले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए भने दयानन्दले दोस्रो हाफको इञ्जुरी समयमा गोल गर्दै मनाङको जित सुनिश्चित गरेका थिए । 

कर्साङले खेलमा राम्रै पर्दशन गरेपनि जीत आफनो हातमा पार्न भने सकेन उसले खेलमा पाएको अवसरहरु पनि सदुपयोग गर्न नसक्दा हार बेर्होर्दै खेलबाट बाहिरीयो ।   

आजको पहिलो सेमिफाइनल खेलको म्यान अफ दि म्याच कर्साङका आशिष देवान घोषित हुँदै नगद १५ हजार पाएका छन् ।   

वेष्ट गोल अफ दि म्याचको पुरस्कार मनाङका दयानन्द सिंह हुँदै नगद ५ हजार पाएका छन ।   

प्रतियोगितामा भोलि बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल पुलिस क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।   

अब मनाङले आउँदो शनिबार फाइनलमा भोलि बिहीबार हुने नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *