१२ वटा फिल्मफेयर अवार्ड ‘गली बोय’ को पोल्टामाः उत्कृष्ट नायक-नायिकामा रणवीर र आलिया

फागुन ५, काठमाडौँ ।   ६५ औं फिल्मफेयर अवार्डमा फिल्म ‘गली बोय’ले १२ वटा अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।   

शनिबार राती गुवाहाटीको  इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा आयोजना भएको यस अवार्ड शोमा  फिल्म  ‘गली बोय’ ले उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्म गरी १२ वटा अवार्ड आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।  अवार्ड शोमा ‘गली बोय’ बाट उत्कृष्ट नायक/नायिकाको  अवार्ड रणविर र आलियाको हातमा पर्यो  ।  

‘आर्टिकल १५ र ‘सोन चिरैया’ क्रिटिक्सतर्फको उत्कृष्ट फिल्मको पुरस्कार पाएका थिए । ‘आर्टिकल १५’ का अभिनेता आयुष्मान खुरानाले क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेता लिडिङ रोलको पुरस्कार पाएका थिए । 

क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘साँढ कि आँखे’बाट भुमि पेडनेकर र तापसी पन्नुले पाइन् । उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरीस् द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डेब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए । बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए । 

६५ वर्षअघि सुरु भएको थियो अवार्डको मुख्य कार्यक्रमका लागि मुम्बईबाट लगभग सबै सेलिब्रिटी अवार्ड नाइट भन्दा एक दिनअघि नै गुवाहाटी पुगिसकेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =