जन्मथलो जानुअघि बालुवाटारमा प्रधानमन्त्रीको ‘बर्थडे सेलिब्रेसन’
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा अनौपचारिक कार्यक्रम भएको छ । प्रधानमन्त्री ओली जन्मथलो आठराई जानुअघि उनको सचिवालय र केही नेताहरुको अनौपचारिक कार्यक्रम गरी ‘बर्थडे सेलिब्रेसन’ गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री जन्मथलो आठराई जानुअघि केहि शुभेच्छुकहरुले बालुवाटार पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितले बधाई दिँदै सुस्वास्थ्यको कामना गरे ।
सो अवसरमा उनीहरुले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिएका थिए भने सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटेका छन् । बालुवाटारको जमघट सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई जाँदैछन् ।

२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








