लोयल्टी र टाइमलाइन सेमिफाइनलमा, काष्ठमण्डप कप बिहीबारदेखि

फागुन १३, काठमाडौं । आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

लोयल्टी ‘बी’ ले हिमालयबाट वाकओभर पायो । टाइमलाइनले शिशु मिलनलाई १६–० को विशाल गोलअन्तरले पराजित ग¥यो । टाइमलाइनका स्ट्रेनजर तामाङले ६, निशान तामाङले ५, निश्चल थापाले ४ र नामुकजंग बस्नेतले १ गोल गरे । शिशु मिलनका अनुभव श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । 

बाँकी दुई सेमिफाइनल पुग्ने टोलीको टुंगो बुधबार लाग्ने छ । त्यस दिन काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) तथा सिद्धार्थ बनस्थली र टीआईएबीच क्वाटरफाइनल हुने छ । 

काष्ठमण्डप कप बिहीबारदेखि 

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । 

प्रतियोगितामा १२ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । आयोजकले ३ टिम उतार्ने भएको छ भने नामीले २ टिम सहभागी गराउदै छ । अन्य सहभागीहरुमा चेल्सी, ग्लोबल, मल्पी, ओरियन्ट, रुपिज, बूढानीलकण्ठ र रातो बंगला रहेका छन् । 

गत संस्करणमा मल्पी विजेता तथा काष्ठमण्डप उपविजेता बनेका थिए । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा हुने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =