बलिउड प्रियंकाले भनिन्, ‘मेरो लागि फेशन सहजता हो’
२०७६ फागुन १४ गते

फागुन १४, काठमाडौँ । बेलाबेलामा आफ्नो फेशनको कारण चर्चामा आईरहेने बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो लागि फेशन सहजता रहेको बताएकी छिन् ।
बेलामैकामा आफ्नो फेशनको कारण ट्रोल समेत बन्ने गरेकी चोपडाले भनिन् ‘मेरो लागि फेशन सहजता हो । म सधैं आफुलाई राम्रो महसुस गराउने चिज नै छनौट गर्छु । म नयाँ डिजाइनरहरुलाई आफुलाई भरोसा भएको कपडा तयार गर्नु भन्न चाहन्छु । तपाईहरु आफ्नो क्रिएटिभिटी देखाउनुस् । तपाईहरु आफुलाई बचाएर सिमा पार गर्न सक्नुहुन्न ।’
फेशनको मामिलामा अरुभन्दा आफू निकै अघि मान्ने चोपडालाई फेसनको लागि तीन जरुरी चिजको बारेमा सोध्दा भनिन्, ‘मेरो लागि फेशन भावनाको प्रतिबिम्ब हो । जुन म त्यो दिन महसुस गर्छु, मेरो स्टाईलिस्ट्सको पनि चर्चा हुन्छ ।’

२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








