‘भोलिलाई कस्ले पो देख्या छ’(भिडियोसहित)

माघ २५, काठमाडौं । लोकप्रिय गायिका देविका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जु¥या छ’ गीतको भिडियो सार्वजनिक भएको हो । 

दीप शाक्य श्रेष्ठको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रपलाई फिचरिङ गरिएको छ ।   

अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देविकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

Bholi Lai Kasle Po Dekhya Cha by Devika Bandana6.jpg

देविका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोता/दर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोता/दर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन । 

भिडियो : 

https://youtu.be/CU4Z0mMhS1E 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *