रोमाञ्चक खेलमा हारबाट बच्यो पिएसजी, ४-४ गोलको बराबरी

फागुन ४, काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी अमिएन्स क्लबसँग ४-४ गोलले बराबरीमा रोकिएको हो । 

३-० ले पछि परेको अवस्थामा पिएसजीले खेलमा पुनरागमन गरेको थियो । अमिएन्सका लागि सेरहोउ गुइरासीले दुई गोल गरेका थिए भने गाएल काकुटा र फुस्सेनी डियाबाटेले एक एक गोल गरेका थिए । 

त्यस्तै पिएसजीका लागि भने एण्डर हरेरा र माउरो इकार्डीले एक एक गोल गरे भने टाँगगाइ कोउआसीले दुई गोल गरेका थिए । यस खेलमा पिएसजीका लागि नेइमार र किलियन एम्बाप्पे खेलेका थिएनन् । पिएसजी सन् २०१२ पछि पहिलो हाफमा ३-० ले पछि परेर पनि खेल बराबरी गर्न सफल भएको हो । 

यो बराबरीपछि पिएसजी २५ खेलमा ६२ अंकसहित लिगमा शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १३ अंकको अग्रता बनाएको छ । त्यस्तै अमिएन्स २५ खेलमा २१ अंक रहँदा लिगको १९औ स्थानमा रहेको छ ।      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *