सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु १३ घाइते

माघ २६, सिन्धुली । सिन्धुलीमा जङ्गलबाट दाउरा बोकेर जाँदै गरेको लु८३त ६८९० नं.को ट्याक्टर  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने  १३ घाइते भएका छन् ।   

सिन्धुलीको दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।   

प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुरका अनुसार दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको घटनास्थलमै मृत्यु भएको हो ।   

Image result for ट्याक्टर दुर्घटना

दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय  शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार स्थानीय ५० वर्षीय  दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर  र ट्र्याक्टर चालक ३० वर्षीय  कुलबहादुर तामाङ घाइते छन् । 

घाइतेको  सिन्धुली अस्पतालमा उपचार हुनुको साथै घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *