सुन बरामद गरी बाँडफाँड गरेको आरोेपमा टिमुरेका १६ प्रहरी निलम्बन गर्न अख्तियारको निर्देशन

फागुन १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा १६ जना प्रहरीलाई निलम्बन गर्न आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै निर्देशन दिएको हो ।   

केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी पछि  रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । 

केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको उजुरीपछि आयोगले छानविन सुरु गरेको हो । 

null

प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ।   

पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरुलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । 

आयोगले निलम्बन गर्न परिपत्र गरेका प्रहरीहरुमा प्रहरी निरीक्षक खेम प्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल,  प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी,  प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र वि.क., प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा, प्रहरी जवान युवराज खरेल र  प्र.का.स.हरी बहादुर श्रेष्ठ छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =