संविधान संशोधनको कदममा ईश्वर पोखरेलको टिप्पणी: ‘राजनीति गरिन्छ, जुवा खेलिन्न’

फागुन १३, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति आपत्ति जनाएका छन् ।  

उनले संविधान संशोधनको कदम अनुचित भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको गृहकार्यप्रति सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि जनाएका हुन् ।  

उनले भनेका छन्- ‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ । मानिसहरू उदेक मान्दैछन् ! केका लागि संशोधन ! खराखरी वहस गर्नेवेला आएजस्तोछ । कुरा लुकाएरढाँट छल गरेर कती दिन चल्छ-कसरी चल्छरु राजनीति गरिन्छ जुवा खेलिन्न!’ 

नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । तर, यसको नेकपाभित्रै विरोध भइरहेको छ । कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =