एक दिवसीय क्रिकेट : नेपालद्वारा अमेरिका ३५ रनले पराजित
२०७६ माघ २५ गते

माघ २५, काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ।
टस हारेर ब्याटिङ गरेको नेपालले अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
४४.१ ओभरको खेलमा अमेरिका ‘अल आउट’ भई सबै खेलाडी बाहिरिएका थिए। ३५ बल बाँकी छँदा नेपालले ३५ रनले अमेरिकामाथि विजय हासिल गरेको हो।
null
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङ्ग्समा नेपालले १९० रन बनाएको थियो।
४९.२ ओभरमा नेपालले सबै विकेट गुमाएर अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अमेरिकाको चार विकेट लिएका नेपालका करण केसी प्लेयर अफ द म्याच बन्ने।
नेपालका सुसन भारीले तीन, सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट लिएका थिए।
२०७६ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित








