‘गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीहरु आफैँ चुप लाग्छन्’

फागुन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई देखेपछि विरोधीहरु शान्त हुने गरेको बताएका छन् ।  

मन्त्री बाँस्कोटाको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा बाँस्कोटाको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।  

उनले भने, ‘गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीहरु आफैँ चुप लाग्छन् । सञ्चामन्त्री बाँस्कोटालाई देखेपछि विरोध गर्नै सक्दैनन् ।’ 

यस्तै प्रम ओलीले काभ्रे विकासको सम्भावना भएको जिल्ला भएको बताउँदै अर्गानिक खेती गरेर कीर्तिमानी राख्न काभ्रेवासीलाई आग्रह गरे । त्यहाँ उनले स्व.मदन भण्डारीको शालिक अनावरण समेत गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =