माइती घरमा काँग्रेसको विरोध प्रदर्शन
२०७६ माघ २४ गते

माघ २४, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रतिपक्ष दल नेपाली काँग्रेसका उपनेता तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौस्थित माइती घर मण्डलामा निकालिएको विरोध प्रदर्शनमा कांग्रेस निकट तरुण दल, नेविसंघलगायतका संघहरुका नेताहरुको उपस्थिती रहेको छ ।
अख्तियारले बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा अख्तियारले सत्तापक्षको छायाँमा रहेर प्रतिपक्षलाई फसाएको आरोप लगाउँदै कांग्रेसले विरोध गर्दै आएको छ।
२०७६ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








