कोरोनाको सन्त्रासबिच सामुहिक विवाह, मास्कमा सजिए जोडी ! (१० तस्विर)

माघ २७, काठमाडौं । विवाहको दिन मानिसको विशेष दिनमध्ये एक हो । यसलाई लिएर मानिसहरु कति सपना सजाउँछन् । विवाहका लागि गहना, कपडाको तयारी गर्न महिनौँ लाग्छ । तर यीमध्ये हजरौँ जोडीले विवाहका दिन मास्क लगाउनु पर्यो । कारण थियो, कोरोना भाइरस संक्रमणको डर ।  

यी तस्वीरहरु दक्षिण कोरियाको राजधानी सियोल नजिकैको गेप्युजिआ गुन शहरको हो । यहाँ यूनिफिकेशन चर्चले पछिल्लो हप्ता हजारौँ जोडीका लागि सामुहिक विवाह समारोहको आयोजना गर्यो ।   

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमणको २४ घटनाहरु पुष्टि भइसकेको छ र संक्रमण फैलन सक्ने डर उक्त विवाहमा देखियो । 

कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमणको डरले अधिकांश जोडीले विवाहको ड्रेससँगै मास्क पहिरिन उचित ठाने र पहिरिए । दुलाह, दुलही बाहेक विवाहमा उपस्थित पाहुनाहरुले समेत मास्क लगाएका थिए । यद्यपी कोही दुलाहा, दुलही भने विना मास्क थिए । 

विवाहभन्दा अघि सबै जोडी र परिवारको मेडिकल टेस्ट समेत गरिएको थियो । चर्चले विवाहमा सहभागी हुन आएका सबै मानिसहरुलाई मास्क उपलब्ध गराएको थियो । कम्तीमा ३० हजार मास्क बाँडिएको थियो । तर सबैले मास्क लगाएनन् ।   

यूनिफिकेशन चर्चले १९६० देखि नै यस्तै सामुहिक विवाहको आयोजना गर्दै आएको छ र कोरोना संक्रमणको त्रासमा पनि यो शिलशिला जारी रह्यो । यस समारोहमा संसारका करिब ६० देशका ६ हजार जोडी विवाह बन्धनमा बाँधिए ।  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =