एकमहिना पछि चितवनले पायो प्रहरी प्रमुख
२०७६ माघ २१ गते

माघ २१, काठमाडौँ । एक महिनादेखि प्रमुख विहिन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले प्रमुख पाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाएको छ ।
चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई भने पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।

हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।
२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








