‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ धरानका पर्मोद पोर्तेललाई

माघ १९, धरान । ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ धरानका पर्मोद पोर्तेलले जितेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा पहिलो पटक गत नोभेम्बर २३ तारिखमा अमेरीकाको न्युवर्क सिटिमा भएको सो अवार्ड धरानका युवा गायक, संगीतकार तथा मोडल प्रमोद पोर्तैल जितेका हुन् ।   

पोर्तैल नेपाली पप विधामा संसार भरका ३३ राष्ट्रमा रहेको नेपाली संगीतकर्मीहरुको संलग्नतामा सम्पन्न सो अवार्ड हात पार्न सफल भएका हुन् । उनको फर्कि आउँँछु बोलको दोश्रो एल्बमको गीत मार्फत सो अवार्ड हात पार्न सफल भएका छन् ।   

सो गीतले विदेशिएका युवाहरुलाई स्वदेशमा नै फर्किएर केही गरौं भन्ने सन्देश दिनुका साथै समृद्ध नेपाल सुखी नेपालीको भावना बोल्न समेत प्रोत्साहन गरेको छ ।   

गीतमा नेपालकै चर्चित नायीका केकी अधिकारी र गायक स्वयम्को अभिनय रहेको छ  । संगीत सम्योजन दानीयल गदाल जुद्या प्लाउज स्टुडियोको रहेको छ । 

त्यस्तै शब्द संगीत गायक पोर्तेल स्वयमले नै गरेका छन् ।   

उनको गीत ७८२ वटा गीतहरुकमा उत्कृष्ट १० मा परी उक्त अवार्ड फाईनलका लागी भोटिङ सिस्टमको समेत ब्यवस्था गरिएको थियो । भने सोही भोटिङको क्रममा पोर्तैल उत्कृष्ट तीनमा पर्दै अवार्ड हात पार्न सफल भएका हुन् ।   

विजेता भएसँगै पौर्तेले वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ट्रफिसँगै अमेरीकामा हुने जुनसुकै कार्यक्रममा आफनो प्रतस्तुती दिन पाउने छन ।   

कार्यक्रम वर्ल्ड कनेक्सन यु एस ए को आयोजनामा नेपाली गीत संगीतलाई अन्तरराष्ट्रिय स्तरमा संरक्षण र प्रवरद्धन गर्नै उदेश्यले गरिएको कार्यक्रमलाई फेदर क्रियसन नेपाल सह आयोजको भूमिका निभाएको थियो ।   

सो अवार्ड पछि गायक पोर्तैलले आफूलाई भोटिङ मार्फत विजेता बनाउने सबै नेपाली श्रोता, दर्शकहरुलाई धन्यवाद  दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =