स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

माघ १९, बाँके । शनिबार राती बाँकेमा बा १५ च ७४६१ नम्बरको स्कारपियोले ठक्करबाट एक  साइकलयात्रीको मृत्यु भएको छ ।   

रातको १० बजेको समयमा  स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका  साइकलयात्रीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार उनको पहिचान खुल्न बाँकी नै रहेको छ भने हाल उनको शवलाई मेडिकल कलेज मै राखिएको छ ।   

Image result for स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

उनलाई ठक्कर दिने चालकलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =