माले महासचिव सीपी मैनाली खतरामुक्त: ग्राण्डी अस्पताल

फागुन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव मैनालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।  

काठमाडौंस्थित ग्राण्डी अस्पतालले उनको अवस्था खतरामुक्त भएको जानकारी दिएको हो । अस्पतालका अनुसार हिजै उनको थाई बोनको अप्रेशन गरिएको छ । हाल खतरामुक्त छन् । उनलाई कम्तीमा एक हप्ता अस्पतालमै राख्नुपर्ने बताइएको छ ।  

मैनालीको काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा ढाडको हड्डि भाँच्चिएको थियो भने टाउमा चोट लागेको थियो । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।  

मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।  

दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए। अहिले सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =