विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नेमकिपा

फागुन १२, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् ।   

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको संयुक्त आयोजनामा सोमबार भएको ‘एमसिसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उनले एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने विचार राखे ।   

कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले एमसिसी सम्झौता मान्नु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु भएको विचार व्यक्त गरे । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसिसी मात्रै नभई सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने बताए ।   

सो अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले एमसिसीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्झौता अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै अङ्ग भएको जिकिर गर्नुभयो । ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य इ सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको विचार राखे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =