राष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण
२०७६ माघ २८ गते

माघ २८, काठमाडौँ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् ।
प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक छन् ।
यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।
२०७६ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








