चित्रसारीको एक होटलबाट आठ जना पक्राउ

माघ १८, चितवन । चितवन प्रहरीले रत्ननगरको चित्रसारीको एक होटलमा छापा मारेको छ ।   

इलाका प्रहरी कार्यालय टाँडीको टोलीले रत्ननगर नगरपालिका–६ चित्रसारी स्थित एक होटलमा छापामारी ८ जनालाई नियन्त्रणमा लिएको छ । 

होटलमा अनैतिक क्रियाकलाप तथा लागुऔषध सेवन हुनेगरेको गुनासो बढेपछि प्रहरीले छापा मारेको हो ।   

null

होटलबाट प्रहरीले ४ जना महिला र ४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।   

घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =