सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न साझा पार्टीको माग

  

फागुन ८, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्त बर्खास्त गर्न माग गर्दै साझा पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ ।   

बुधबार राति सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो । सोही प्रकरणलाई लिएर साझा पार्टीले सञ्चारमन्त्रीलाई तुरुन्त बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो ।   

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै बर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेका छन्। 

दुई तिहाइको सरकाले भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै ‍हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनुपर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै साझाले जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रीयकरण गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =