संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

फागुन २, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । राष्ट्रियसभाका नेपाली कांग्रेस रुपन्देहीका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। 

उपाध्यायको शुक्रबार बिहान निधन भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। 

तर सांसद उपाध्यायको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो । 

अब प्रधानमन्त्रीले भोलि (शनिबार) बस्ने बैठकमा सम्बोधन गर्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =