तेस्रो बर्दगोरीया सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आज बाट सुरु

माघ १९, बौनिया । तेस्रो बर्दगोरीया सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आज बाट मुडा बजारको खेलमैदानमा सुरु भएको छ । बर्दगोरीया सामुदायिक विद्यालय खेलकुद विकास समितिको अयोजना र गाउपालिकाको आर्थिक सहयोगमा सो प्रतियोगिता सुरु भएको हो ।
बर्दगोरीया गाउपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का अध्यक्ष जयरुप खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरीया गाउपालिका अध्यक्ष बलीराम डगौरा थारु रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा गाउपालिक उपाध्यक्ष भगवति डगौरा थारु रहेका थिए ।
खेलकुद प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने छ ।
null
प्रतियोगितामा गाउपालिक भित्रका १७ वटा सामुदायिक विद्यालयको सहभगिता रहेको छ । प्रतियोगितामा छात्र भलिबल,कबड्डी,रिले दौड,१००,२००,४००, लगाएतक खेलहरु हुनेछन् ।
यसै गरी छात्रातर्फ भलिबल, कवड्डी, रिले दौड, हाई जम्प,लङजम्प,१००,२००,४०० मिटर दौड लगाएतका खेलहरु हुनेछन् ।








