विव्यस अध्यक्ष बोहराविरुद्ध सात लाख बढीकोे भ्रष्टाचार मुद्दा

फागुन ५, काठमाडौं । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्द सात लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा सात लाख बढीको भ्रष्टार मुद्दा दायर गरेको हो ।   

बोहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी जम्मा ४१ लाख ५४ हजार५ सय पेश्की लिएको देखिएको छ ।   

सो रकमबाट साविकको जिल्ला शिक्षा कार्यालय, डोटीले मूल्याङ्कन गर्दा ३१ लाख ९ हजार ९ सय ४५ रुपैयाँ बराबरको निर्माण कार्य भएको देखिएको छ ।   

null

स्थलगत निरीक्षणको क्रममा गरिएको मूल्याङ्कनबाट ३१लाख१६ हजार ५६ रुपैयाँ बराबरको कार्य भएको र निजले विद्यालयको खातामा  ३ लाख ८ हजार ५ सय जम्मा गरेको देखिंन आएको अख्तियारको दाबी छ ।   

अनुसन्धानमा समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले सात लाख उनान्तीस हजार नौ सय छयालीस रुपैयाँ एक चालीस पैसा हिनामिना गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको अख्तियारले बताएको छ ।   

बोहराले हिनामिना गरेको  सात लाख उन्तीस हजार नौ सय छ्यालिस रुपैयाँ एकचालिस पैसा बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *