डोटीमा सिंगो गाउँनै राष्ट्रिय जनमोर्चामा प्रवेश

फागुन १३, डोटी । राष्ट्रिय जनमोर्चा डोटीले सञ्चालन गरेको एक महिने अभियानको क्रममा केआईसिंह गाँउपालिका ६ ठटी गाँउको टोलनै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको छ।
हालै सम्पन्न सो टोलको भेलाबाट गाउँका सबैजनाले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका हुन् ।
भेला पश्चात राजमोको ४१ सदस्सीय टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा सागर भट्ट, उपाध्यक्ष रमेश भट्टराई, सचिव कैलाश भाट, सहसचिव विरेन्द्र भाट र कोषाध्यक्षमा चन्द्र भाट लगायत सदस्यहरु रहेका छन् ।

राजमोका वडा समिति अध्यक्ष हरि प्रसाद भट्टराईको अध्यक्षता तथा ६ नम्बर वडा सदस्य नरेन्द्र बरालको सञ्चालनमा सम्पन्न भेलामा राजमोका जिल्ला सचिव केशवनाथ योगीले राजमोले लिएको नीति तथा कार्यक्रमबारे स्पष्ट पारेका थिए । राजमो ६ नं वडा समितिका सचिव लक्ष्मण भण्डारीले भेला सफताको शुभकामना दिए ।
त्यस्तै,केआईसिंह गाँउपालिकाको ७ मा पनि राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्ष सालिभान तिरुवा, उपाध्यक्ष पुने तिरुवा, सचिव चक्र तिरुवा, सहसचिव रमेश तिरुवा र कोषाध्यक्षमा देउसरा तिरुवा रहेका छन् ।
अभियान टोलीले जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।








