संसारका सामु हात पसारिरहेका बेला जन्मदिन मनाउन मिल्दैन : भीम रावल

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकाना दिएका छन् । नेता रावलले जन्मदिनको शुभकामना दिँदै प्रधानमन्त्री ओलीलाई संसारका सामु हात पसारीरहेको बेला जन्मदिन मनाउन नमिल्ने बताएका हुन् ।
उनले ट्वीटर मार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीलाई केक काट्ने नेपाली मौलिक संस्कृति नभएको बताएका छन् ।
‘यो मनन गर्नु भो उचित हन्छ, केक काट्ने नेपाली मौलिक संस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ समृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन, पार्टी निर्णयले झनै मिल्दैन’ नेता रावलले ट्वीट गर्दै भनेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्म दिन प्रधनमन्त्री निवास बालुवाटार र पूख्र्यौली घरमा भब्यताका साथ मनाएका छन् ।
यस्तो छ ट्वीट :








