गोल्डेनपिकलाई उपाधि

माघ २७, काठमाडौं । गोल्डेनपिकले चौथो माफ यु–१४ जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । 

शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा गोल्डेपिकले लाइसियम मोडेल, सिफललाई ४०–२८ ले पराजित ग¥यो । गोल्डेनपिकका दिनेश रावलले २० अंक जोडे । दिनेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले एलिक्सरलाई २७–१७ ले हरायो । जगत मन्दिरका अनिश माझीले १८ स्कोर गरे । 

6.JPG

विजेतालाई माफका अध्यक्ष राजन आचार्य, ज्ञान निकेतनकी संरक्षिका लीला कुँवर र ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 

इनोभेटिभ दोहारो उपाधिनजिक 

आयोजक इनोभेटिभको ब्वाइज र गल्र्स दुवै टिम नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । 

ब्वाइजको पहिलो सेमिफाइनलमा इनोभेटिभले पुष्प सदनलाई ६०–५१ ले पराजित गर्दै ज्ञान निकेतनसंग फाइनल भेट ग¥यो । इनोभेटिभका रेनिश खड्काले २० अंक जोडे । अर्को सेमिफाइनलमा ज्ञान निकेतनले नेरिकलाई ७०–५९ ले हरायो । ज्ञान निकेतनका विवेक यादवले २० स्कोर गरे । 

गल्र्समा इनोभेटिभले एसियन पब्लिकको चुनौती ३८–११ ले समाप्त पा¥यो । इनोभेटिभकी स्वच्छता थापाले ११ अंक जोडिन् । उपाधिका लागि इनोभेटिभले स्वप्न वाटिका विरुद्ध प्रतिस्पर्धा गर्ने छ । स्वप्न वाटिकाले नेरिकलाई २४–११ ले पाखा लगायो । स्वप्न वाटिकाकी अनिता कार्कीले ९ अंक जोडिन् । फाइनल मंगलबार हुने छ । 

हिसान खेलकुद सप्ताह बुधबारदेखि 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ । 

खेलकुद सप्ताहमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने आयोजक हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने छ । 

माकलबारीस्थित जया मल्टिपल कलेज र मनकामना फुटसलमा हुने फुटसलको ब्वाइजमा १६ र गल्र्समा १२ टिमको सहभागिता रहने छ । बास्केटबल÷भलिबलको ब्वाइजमा समान २०–२० र गल्र्समा समान १०–१० टिमले भाग लिने छन् । बास्केटबल र भलिबल दुवै बसुन्धरास्थित ऋत एकेडेमीमा खेलाइने छ । टेबलटेनिसमा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नयाँ बानेश्वरस्थित प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ब्वाइज÷गल्र्सतर्फ सिंगल्स र डबल्स गरी ४ स्पर्धा समावेश छन् । विश्व निकेतनमा हुने टग अफ वारको ब्वाइजमा २४ र गल्र्समा १६ टिमको सहभागिता पक्का भएको जानकारी गराइयो । 

पत्रकार सम्मेलनमा हिसानका केन्द्रीय अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद सप्ताह नयाँ प्रतिभावन खेलाडी पहिचान गर्ने राम्रो ‘प्लेटफर्म’ सावित भएको धारणा व्यक्त गरे । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजक हिसानका सह–सचिव आनन्दकुमार यादवले जानकारी दिए । 

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल माघ २९ गते, टेबलटेनिस फागुन १ गते तथा फुटसल र टग अफ वार फागुन २ गतेदेखि सुरु हुने छ । उद्घाटन फागुन २९ गते बसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ । खेलकुद सप्ताहमा खेल बाहेक कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । 

भीमेश्वर र केभीएसको जित 

भीमेश्वर एकेडेमी र काठमाडौं विनायक शिक्षालय (केभीएस) पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी भएका छन् । 

भीमेश्वरले निर्मल ज्योतिलाई टाइब्रेकरमा ६–५ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । केभीएसले पुष्प वाटिकालाई ५–० गोलले हरायो । केभीएसका अविरल थापाले ३ तथा नविन रोकाया र कृष्ण मखिमले १–१ गोल गरे । 

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बड, ब्रम्हकुञ्ज र लाइसियम प्याराडाइसले जित हात पारे । 

गोल्डेन बडले न्यु होलीक्रसलाई १–० गोलले पाखा लगायो । गोल्डेन बडका प्रभात मगरले निर्णायक गोल गरे । ब्रम्हकुञ्जले पाणेनीलाई ३–० गोलले पन्छायो । विजयी टिमका लागि आभूषण थापाले २ तथा कृष्ण खड्काले १ गोल गरे । लाइसियमले नवजीवनमाथि १–० को कठिन जित दर्ता ग¥यो । लाइसियमका आर्यन खड्काले गोल गरे । 

पुष्प वाटिकाका सचिन विष्ट, निर्मल ज्योतिका विनय दाहाल, न्यु होलीक्रसका पुजन थापा, पाणेनीका आर्मन खड्का र नवजीवनका मानुब खड्का ‘म्यान अफ द म्याच’ घोषित भए । 

केब्स र पशुपति सुपर सिक्समा 

केब्स र पशुपति बहुमुखी क्याम्पस ‘टेक्सास्–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको पहिलो दिन सोमबार सुपर सिक्समा प्रवेश गरेका छन् । 

टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगितामा केब्सले बृहस्पति विद्या सदनलाई ४–३ तथा पशुपतिले विनायक सिद्धलाई ३–० गोलले पराजित गरे । 

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा काष्ठमण्डप, ह्वाइटहाउस, लुम्बिनी, बागमती, जेभियर इन्टरनेसनल कलेज, केब्स ‘बी’, समृद्धि र साइपाल एकेडेमी राउन्ड अफ १२ मा प्रवेश गरेका छन् । सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेपछि खेल नकआउट चरणमा खेलाइने छ । सुपर सिक्समा जित हात पार्ने ३ टिमले पुनः राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीबीच पुनः उपाधि भिडन्त हुने छ । 

प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य एवं फुटसल समितिका संयोजक दावा लामा र आयोजक टेक्सास्का प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । 

दुईदिने प्रतियोगितामा १९ टिम सहभागी छन् । विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागी खेलाडीलाई टेक्सास्मा अध्ययन गर्न चाहे १ लाख बराबरीको छात्रवृत्ति प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *