शिवरात्रीमा पशुपति क्षेत्रबाट ४५ जना पक्राउ

फागुन ९, काठमाडौँ । प्रहरीले शुक्रबार पशुपति क्षेत्रबाट ४५ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पशुपति क्षेत्रमा शिवरात्रीको फाईदा उठाई गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   

आज शिवरात्रीमा पशुपति क्षेत्रमा दर्शनार्थीको बाहेक गाँजा खान जाने किनबेच गर्नेको पनि बाक्लो उपस्थिति रहेको थियो । आजको दिन बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा भने सेवन तथा विक्री वितरण गर्न रोक लगाइएको छ। 

पक्राउ परेका मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।  

Image result for शिवरात्रीमा पशुपति क्षेत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =