चितवनमा अर्न्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी हुँदै

फागुन १२, चितवन । नेपालमै पहिलो पटक ठुलो र वृहत नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी चितवनको भरतपुरमा हुँदैछ । नेपाल पोल्ट्री महासंघको आायोजना तथा मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड एण्ड एभेण्ट प्रालिको सहकार्यमा प्रर्दशनी हुन लागेको हो ।
महासंघले सोमवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रर्दशनी नेपालकै ठुलो र वृहत रहेको जनाएको छ । नेपालको पोल्ट्री क्षेत्रको सृदृढीकरण र व्यवसायिकरण गर्ने उदेश्यले प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज श्रेष्ठले बताए ।
प्रर्दशनीबाट आधुनिक यन्त्र,अत्याधुनिक प्रविधि,गुणस्तरीय औषधी,डेरी उद्योग, पोल्ट्री उद्योग,ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतलाई अर्न्तराष्ट्रियस्तरमा चिनाउन मद्यत पुग्ने विश्वास लिईएको छ । साथै अन्य विकसित देशमा भईरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउन यो प्रर्दशनीले महत्वपूर्ण वातावरण वनाउने महासचिव श्रेष्ठको दावी छ ।

प्रर्दशनीमा २ सय भन्दा वढि स्वदेशी तथा विदेशी प्रर्दशकहरुका प्रविधिहरु प्रर्दशनीमा राखिनेछ । भरतपुर स्थित अर्न्तराष्ट्रिय एक्स्पो सेन्टरमा हुने प्रर्दशनीमा नेपालसहित भारत, जर्मनी, वेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, सिंगापुर, ताईवान, इटली, वंगलादेश लगायत अन्य देशका पोल्ट्री कम्पनीहरुको सहभगाीता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए ।
उनका अनुसार अग्रेजी वर्षलाई आधार मानेर जोर वर्षको प्रत्येक दुई वर्षमा प्रर्दशनी आयोजना गरिने पनि उनले बताए । साथै प्रर्दशनीमा विभिन्न संघसंस्थाको सहभागीतामा ४ दिने पोल्ट्री सम्वन्धी गोष्ठी, बैठक, अर्न्तक्रिया कार्यक्रम समेत हुनेछ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्टले पोल्ट्रीको करिव ६० प्रतिशत चितवन र छिमेकी जिल्लाबाट हिस्सा ओगटेको जानकारी दिए ।
पोल्ट्री क्षेत्र वाहिर हल्ला आएजस्तो घाटानै रही नरहने भन्दै उनले पछिल्ला वर्षहरुमा ह्याचरी उद्योग लगायत पोल्ट्रीजन्य क्षेत्रको विकास भईरहेको बताए ।








