खरिपाटीका स्थानीयको सुरक्षाको जिम्मा कसले लिन्छ ?

फागुन ४, काठमाडौं । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले स्थानीयहरुका लागि आजैबाट छुट्टै हेल्थ डेक्स राख्न माग गरेका छन् ।  

स्थानीयको विरोधका बावजुद कोरोना भाइरसको भयावह फैलिएको चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी ल्याइएपछि चाँगुनारायणका नगरप्रमुख मिश्रले यस्तो माग राखेका हुन् ।  

चीनको वुहानबाट १ सय ७५ जना नेपाली नागरिकलाई उद्धार गरी आज (आइतबार) बिहान खरिपाटी लगिएको छ । उनीहरुलाई त्यहाँ हरेक दिन स्वास्थ्य जाँच गरिन्छ ।  

क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा त्यहाँका स्थानीयहरुको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको माग छ । स्थानीयहरु अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको बताउँछन्।  

खरिपाटीमा विरोध हुँदाहुँदै किन राखियो ? यहाँको जनताहरुको सुरक्षा के हुन्छ ? स्थानीयहरुलाई केही भयो भने त्यसको जिम्मा कसले लिन्छ ? सरकारले ? भन्दै उनले सरकारलाई प्रश्न गरे । सरकारले स्थानीयहरुसँग सल्लाह नगरी र काउन्सिलिङ नगरी खरिपाटीमा राख्ने निर्णय गरेकाले विरोध उठेको उनले स्पष्ट पारे । 

चीनस्थित नेपाली दूतावासका अनुसार उहानबाट १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिए पनि ६ जना ज्वरोका कारण वुहान विमानस्थलमै रोकिए भने ४ जना स्वेच्छाले नेपाल नआएका हुन् ।  

उक्त विमानमार्फत ल्याइएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी छन् । अन्य २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेकाले स्वइच्छाले नेपाल नफर्किएका हुन् । 

चीन सरकारले नेपालीहरूलाई नेपाल पठाउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गरेको थियो । त्यस क्रममा ६ जनालाई ज्वरो आएका कारण चीनले नेपाल आउनबाट रोकेको हो । चीन सरकारले यसअघि नै ज्वरो र रूघाखोकी लागेकालाई नपठाउने बताएको थियो । 

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =