बिग बोस १३ का बिजेता सिद्धार्थको खोलिन शिल्पाले डरलाग्दो राज

  

फागुन ४, भारत ।  ‘भाबीजी घर पर है’ मा अंगुरी भाभीको भूमिकाबाट चर्चित भएकी तथा बिग बोस ११ की बिजेता शिल्पा शिंदेले सिद्धार्थ शुक्लाको विषयमा अचम्मित गरिदिने खुलासा गरेकी छिन् । शिल्पालाई विश्वास गर्ने हो भने उनी सिद्धार्थसँगको सम्बन्धमा रहिसकेकी छिन् । 

 उनको एउटा अडियो क्लिप सार्वजनिक भएको छ जसमा उनी सिद्धार्थसँग कुराकानी गरिरहेकी छिन् । अडियोमा सिद्धार्थले शिल्पालाई सोधिरहेका छन्, ‘तिमी मसँगै सम्बन्धमा अघि बढ्न चाहन्छौ वा यसबाट बाहिरिन चाहन्छौ ?’ यद्यपि, यसमा आवाज स्पष्ट तरिकाले सुनिएको भने छैन । यसबारे शिल्पाले एक भारतीय न्यूज वेबसाइटसँग कुरा गरेकी छिन् । 

Image result for shidhartha sukla with silpa sukla

यो प्रेमी–प्रेमिकाबीचको कुरा होः शिल्पा 

शिल्पाले भनिन्, ‘यो प्रेमी (सिद्धार्थ शुक्ला) र प्रेमिका (शिल्पा शिंदे) बीचको कुराकानी हो, असाध्यै कुटपिट पछि । उसले मलाई गुडिरहेको गाडीबाट फ्याँकेको छ । सधैं कुट्थ्यो । मैले ऊ विरुद्ध पुलिसमा उजुरी पनि दिएकी थिएँ ।’ 

शिल्पाका अनुसार उनी सन् २०११ मा सिद्धार्थसँगको सम्बन्धमा थिइन् । उनी भन्छिन्, ‘यो सम्बन्ध निकै लम्बिएको थियो । घाँटीमै झुण्डिन्थ्यो त्यो मान्छे । उसले लामो समयसम्म मलाई छोड्न अस्विकार गरिरहेको थियो  किनभने उसको इगोलाई ठेस पुग्थ्यो । मलाई भन्थ्यो, ‘कसरी छोड्न सक्छौँ ? छोडेर त देखाउ ?’’ 

एक विवाहमा भएको थियो सिद्धार्थसँग भेटः 

शिल्पालाई विश्वास गर्ने हो भने उनीहरुको भेट एक वैवाहिक कार्यक्रममा भएको थियो । यी दुई सुरुमा साथी बने र पछि भेट्न जान थाले । शिल्पाले भनिन्, ‘यो निकै साधारण सम्बन्ध थियो तर उसले यसलाई अर्को स्तरमा पुर्‍यायो । भन्न थाल्यो, ‘तिमी टाइम पास कसरी गर्न सक्छौँ ? माया लागेको छैन तिमीलाई रु’ तर कसैसँग केही समय बिताउँदैमा उसको माया लाग्छ नै भन्ने पनि त हुँदैन ।’ 

‘असाध्यै रिसाहा र पजेसिव थियो’ 

सिद्धार्थसँग आफ्नो सम्बन्धबारे शिल्पाले भनिन्, ‘ऊ निकै पजेसिव, डिमान्डिङ, रिसाहा र गाली गलौज गर्ने व्यक्ति थियो । यदि म कतै गए लगातार फोन गरिरहन्थ्यो, मेरो पिछा गर्दथ्यो र अपशब्दको प्रयोग गर्दथ्यो । त्यसपछि फेरि सरी भन्थ्यो र खुट्टा ढोग्थ्यो ।’ 

जब शिल्पालाई यसमा आमा–बुवाले केही भन्नु हुँदैनथ्यो भनेर प्रश्न सोधियो,  उनले जवाफ दिइन्, ‘अहँ । ऊ मेरो बुवालाई निकै सम्मान गर्दथ्यो । तर मेरी आमालाई ऊ फिटिक्कै मन पर्दैनथ्यो त्यसकारण उसले पनि आमालाई घृणा गर्दथ्यो ।’ 

सिद्धार्थबाट यसरी सम्बन्ध तोडिन्ः 

शिल्पाले भनिन्, ‘जब मैले ‘बालिका बधू’ भेटेँ तब मैले बिस्तारै बिस्तारै निकै प्रेमपूर्वक उनीबाट टाढा हुन थालेँ । बिस्तारै मैले उनलाई प्रेमपूर्वक पिछा छुटाएँ । ऊ असाध्यै साइको छ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =