अर्किड कपमा केभीएस च्याम्पियन

फागुन ३, काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । 

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–० गोलले पराजित गर्दै नयाँ च्यायम्पियन बन्यो ।   

केभीएसका अविरल थापा र नवीन रोकायाले गोल गरे । न्यु स्टार पोलका सुजिप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै केभीएसले २० हजार तथा न्यु स्टार पोलले १५ हजार नगद पुरस्कार हात पारे । 

null

गोल्डेन बडले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गोल्डेन बडले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । गोल्डेन बडले १० हजार तथा हाइलीले ५ हजार नगद पुरस्कार पाए । 

केभीएसका नवीन रोकाया उत्कृष्ट खेलाडी, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर तथा न्यु स्टार पोलकै श्रीकृष्ण खत्री उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ७ गोल गरेका केभीएसका अविरल थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रीतिमाले अनुशासित टिमको उपाधि हात पा¥यो । 

विजेतालाई बागमती प्रदेश सांसद् मणिराम फुयाल, नेपाली कांग्रेस क्षेत्र नं। २ का सभापति उपेन्द्र कार्की, अर्किडका अध्यक्ष प्रेमकुमार भुजेल, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३६ टिम सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *