कन्ट्रोभर्सी क्विन राखी कोरोना भाइरस नष्ट गर्न भन्दै चीन उडिन्

माघ २१, काठमाडौँ । सामाजिक संजालमा निकै सक्रिय भारतीय कलाकार राखी सावन्त यतीबेला कोरोना भाइरस नष्ट  गर्न भन्दै चीन उडेकी छिन् ।   

कन्ट्रोभर्सी क्विन राखीले आफू चिन जाँदै गरेको बिमानमा सवार रहेको फोटो र भिडियो सामाजिक संजाल ईन्स्टाग्रामबाट सार्वजनिक गरेर उक्त कुराको जानकारी गराएकी हुन् ।   

सार्वजनिक  भिडियोमा उनले आफूलाई भाइरससँग डर नलागेको र यसलाई नष्ट गर्नका लागि नै आफू चीन जान लागेको बताएकी छिन्   

Image result for राखी सावन्त"

भिडियोमा उनले अमेरिकाको नासाबाट उक्त भाइरस नष्ट गर्ने औषधी समेत मगाएको बताएकी छिन् ।  राखीको यो भिडियो हेरेर मानिसहरुले निकै मजाक उडाइरहेका छन् भने उनको आलोचना पनि भइरहेको छ । 

भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘कोरोना भाइरस मार्न चीन जाँदै छु ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =