पर्वको राजा महाशिवरात्री

फागुन ६ ।  महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको चाड हो । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ ।  शिव उत्पत्ति भएका रातको नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । 

शिव उत्पतिः 

सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ। 

Image result for महाशिवरात्री

कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । 

शिव रुपः 

तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव, प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्ता-रिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् । 

शिव पुजा: 

शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने कथन रहिआएको छ । शिवरात्री व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ । जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ ।  वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ । सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । 

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन  भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु भाङ धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्दी  लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि रहि आएको छ । 

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन हाे शिवरात्री । त्यसैगरी  शिव पार्वतीको विवाहको दिन पनि आज नै यथार्त कृष्ण चतुर्दशीको दिनमा भएको मानिन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *