फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

फागुन ५, काठमाडौँ । धादिङमा बिगत २२ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार पक्राउ पर्नेमा बहुबिवाह मुद्धा लागी फरार रहेका सिद्धलेक गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई पक्राउ गरिएको हो । 

अर्यालमाथि २०५४ साल कार्तिक २० गते जिल्ला अदालत धादिङले बहुबिवाह मुद्धामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाए ।   

प्रहरीका अनुसार अर्याललाई  साेमबारनै धादिङ जिल्ला कारागार चलान गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *