सौराहाका १० होटल र रेस्टुरेन्ट स्तरीकरणमा परेनन्

माघ २२, चितवन । पर्यटकीय नगर सौराहामा रहेका होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको नेतृत्वमा सयुक्त अनुगमन समितिले अनुगमन गरेपश्चात स्तरीकरण गरिएको हो । 

डिभिजन कार्यालय,जिल्ला प्रशासन कार्यालय, रत्ननगर नगरपालिका, क्षेत्रीय होटल संघ चितवन, क्षेत्रय रेवान सौराहा, प्रहरी, उपभोक्ता अधिकारहित संरक्षण मञ्च ,पत्रकार लगायतको टोलीले मंगलवार र बुधवार दुई दिन यहाँको होटल र रेस्टुरेन्ट अनुगमन गरेको थियो । दुई दिनमा ५४ वटा होटल र रेस्टुरेन्टको अनुगमन गरिएकोमा कुनै पनि होटल तथा रेस्टुरेन्ट अतिउत्तम अर्थात हरियो स्टीकरमा तीन तारा पाउन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख बिक्की राउतले बताए । 

 ६ वटा उत्तम अर्थात हरियो स्टीकरमा दुई तारा ,१८ वटा मध्यम अर्थात हरियो स्टीकरमा एक तारा र २० वटा सन्तोषजनक अर्थात पहेंलो स्टीकर पाएको राउतले बताए । कुल १०० अंकमा १० वटा होटल तथा रेस्टुरेन्टले भने ५० अंक पनि पाउन सकेनन् । ५० अंक नपाउँदा स्तरीकरणमा पर्दैनन् । राउतका अनुसार अनुगमन गरिएका मध्ये १० वटा होटल तथा रेस्टुरेन्टले सुधार गर्नु पर्ने देखियो । केही होटल तथा रेस्टुरेन्टले सुधार गर्नु पर्ने देखियो डिभिजन कार्यालयका प्रमुख राउतले भने ‘सुधारका लागि एक महिनाको समय दिएका छौँ, त्यो अवधिमा सुधार गरे स्तरीकरणमा पर्नेछन् ।’ पहिलो चरणमा ३४ वटा होटल र रेस्टुरेन्टको अनुगमन गर्दा २० वटा स्तरीकरणमा परेका थिए । तेश्रो चरणमा बाँकी रहेकाहरुको स्तरीकरण गरिने राउतले बताए । 

 स्तरीकरणमा चित्त नवुझे सुधार गरेर पुन अनुगमनका लागि आग्रह गर्न सकिने जनाईएको छ । सौराहामा १ सय १० भन्दा बढि होटल तथा ६० भन्दा बढि रेस्टुरेन्ट रहेका छन् । स्थानीय सरकारको रुपमा रहेको सम्वन्धीत नगरपालिकाले पनि निरन्तर अनुगमन गरे स्तरीकरणले सार्थकता पाउने डिभिजन कार्यालयका प्रमुख राउतको भनाई छ । स्तरीकरणको म्याद एक वर्षको हुनेछ । अनुगमन तथा स्तरीकरण कार्यमा कार्यालयका प्रमुख राउतसंगै खाद्य निरीक्षक प्रदिप काफ्ले, स्थानीय तहका प्रतिनिधी, क्षेत्रीय होटल संघका, रेवान सौराहा, प्रहरी, उपभोक्ता अधिकारहित संरक्षण मंचका प्रतिनिधी, पत्रकार, प्रहरी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *