चौथो प्याब्सक कप विनायकलाई

माघ २५, काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित ग¥यो । विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे । सतिश थापा र नितिश सहनीले १–१ गोल थपे । विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए । 

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेश्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो । विजेताले १० हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए । तेश्रो हुनेले ७ हजार तथा चौथोले ५ हजार नगद पुरस्कार हात पारे । 

विट्सका अशोक मगर उत्कृष्ट खेलाडी, विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विनायकका सतिश थापा उत्कृष्ट डिफेन्डर र विनायकका आनन्द क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए । विनायकका स्कन्द पोखरेल अनुशासित खेलाडी चुनिए भने विट्सका रिसोप प्रधान उदीयमान खेलाडी ठहरिए । 

विजेतालाई प्रदेश सांसंद् नरोत्तम वैद्य, आयोजक प्याब्सकका अध्यक्ष गेन्द्र लामा, लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रबन्ध निर्देशक रविचन्द्र कोइराला, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, एन प्याब्सनका केन्द्रीय कोषाध्यक्ष प्रताप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *