बराहका कर्मचारीलाई एक दिने क्षमता अभिबृद्धि तालिम

फागुन १२, धरान । बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लि. (विजी ग्रुप)ले आफ्ना कर्मचारीलाई एक दिने वित्तीय ब्यवस्थापन तालिम दिएको छ । बराह ज्वेलरी धरानमा देशभरका बराहका शाखामा कार्यरत कर्मचारीको क्षमता अभिबृद्धि गर्नकालागि एक दिने लेखा प्रणाली, वित्तीय ब्यवस्थापन, कानुन सम्बन्धी तालिम प्रदान गरेको हो ।   

आज आयोजित तालिममा विजी ग्रुपका अध्यक्ष शिव लामिछाने, वरिष्ठ सल्लाहकार अनुप प्रकाश, प्रमुख प्रशिक्षक प्रमुख कार्यकारी अधिकृत दधिराम ढुङ्गाना, महाप्रबन्धक दिपिका सिं गदाल,  कानुनी सल्लाहकार अवईन्द्र निरौलाको समेत उपस्थिति रहेको थियो ।   

यसैगरी तालिममा नर ब. सुब्बा, सुदिन ल्वागुन, डाईरेक्टर सचिवालय पदाधिकारी, व्यवसाय विभागका प्रमुख समेतको सहभागीता रहेको थियो । तालिममा धरान, काठमाडौं, चितवन, पोखरा सहभागी सबैलाई कायृक्रम सञ्चालक बराह ज्वेलरी इन्डष्ट्रिजका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले धन्यवाद दिएका थिए ।   

मुलुककै ब्यापारिक घरानमा गनिएको बराहले आफ्ना कर्मचारीलाई समयसमयमा क्षमता अभिबृद्धिका लागि विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आइरहेको छ ।   

धरानबाट आजभन्दा २५ वर्ष अघि सामान्य सुनचाँदी पसलबाट शुरु भएको बराहले देशका विभिन्न शहरहरुमा आफ्नो ब्यापार ब्यवसाय फैलाएको छ । बराहले हाल सुनचाँदीको कारोबारसँगै डिपार्टमेन्ट स्टोर, कृषि उद्यम, पशुपालन, यातायात क्षेत्र, सहकारी, ट्राभल्स एण्ड टुर्स तथा होटल ब्यवसायमा समेत लगानी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *