प्रियंका र आयुष्मानको बिहेको मिति सार्वजनिक

फागुन ४, काठमाडौँ । करिब १ वर्ष अघि इन्गेजमेन्ट गरेका चर्चित नायिका  प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहेको मिति सार्वजनिक भएको छ ।   

करिब २ वर्षको प्रेमलाई बल्ल बिवाहको नाम दिन लागेका यी कलाकारले आफ्नो बिवाहको मिति  ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफैँ सोसल मिडिया मार्फत सार्वजनिक गरेका हुन् ।  उनीहरुले सोसल मिडिया इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै आफूहरुले फेब्रुअरी २७ अर्थात् फागुन १५ गते विवाह गर्न लागेको जानकारी गराएका छन् ।   

हुनत उनीहरुले फागुनमा बिवाह गर्ने भनेर केही महिना अघी देखि नै हल्ला चल्दै आईएको थियो र नायिका प्रियंकाले पनि फागुनमा बिहे गर्ने भनेर जानकारी गराए पनि मिति भने सार्वजनिक गरेकी थिईन् । तर उनीहरु बिहेको तयारीमा भने जुटेका थिए । नायिका प्रियंकाले बिहेको तयारीका कारण धेरै चलचित्रहरु समेत रिजेक्ट गर्दै पनि आईरहेकी थिईन् ।   

बिहेको तयारीमा जुटेसँगै यी जोडीले काठमाडौँको भैसेपाटीमा नयाँ घर समेत खरिद गरेका छन् । बिहेपछी  प्रियंका र आयुष्मान उक्त नयाँ घरमा बस्ने बताईएको छ । अहिले उनीहरु बिहेसँगै नयाँ घरको सजावटमा पनि जुटेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *